काभ्रे जिल्लाको विकट कोसिपारी क्षेत्रकै पुरानो विद्यालय प्रभा माविका भुतपूर्व विद्यार्थीहरुको संगठन प्रभा एल्मुनाईद्धारा आयोजित बृहत बनभोज कार्यक्रम सम्पन्न भएको छ ।

राजधानीको चोभारमा एक कार्यक्रमकाबीच सम्पन्न बनभोज कार्यक्रममा उक्त विद्यालयमा अध्ययन गरेर विभिन्न पेशा–व्यवसायमा संलग्न ६० भन्दा बढी व्यक्तित्वहरु सहभागी थिए ।

प्रभा एल्मुनाईको बृहत बनभोज सम्पन्न

संस्थाका अध्यक्ष विकु लामाको सभापतित्व तथा प्रभा क्याम्पसका पूर्वप्रमुख चुडा प्रसाद चौलागाईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उक्त विद्यालयकै पूर्व विद्यार्थीहरु नेपाल प्रहरीका पूर्व एसएसपी ठाकुर प्रसाद त्रिपाठी, गैरसरकारी संस्था महासंघका केन्द्रिय अध्यक्ष जितराम लामा, नेपाल शिक्षक महासंघका केन्द्रिय सदस्य झम्कप्रसाद चौलागाई, परराष्ट्र मन्त्रालयमा कार्यरत यादब कोइराला, व्यवसायी तथा समाजसेवी भवानी शंकर चौलागाई, कबि देवकी अभिलाषिलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम संस्थाका सचिव गोकुल गौतमले संचालन गरेका थिए ।

प्रभा एल्मुनाईको बृहत बनभोज सम्पन्न

वि.सं. २०१० सालमा स्थापित प्रभा मावि जिल्लाकै पुरानो विद्यालयहरुमा पर्दछ । उक्त विद्यालयमा अध्ययन गरेका कैयौ विद्यार्थीहरु नेपाल सरकारको सचिव, विभिन्न सेवासमूहको उच्च ओहोदा, डाक्टर, इन्जिनियर, व्यवसायीलगायत प्रतिष्ठित तहसम्म पुगेका छन् ।

प्रभा एल्मुनाईको बृहत बनभोज सम्पन्न

आफुले अध्धयन गरेको विद्यालयको शैक्षिक एवं भौतीक विकासका लागि सहायता पु¥याउने उद्देश्यले करिब ८ वर्ष अघि स्थापना भएको प्रभा एल्मुनाईले हाल विद्यालयमा शैक्षिक सामाग्री वितरण, छात्रवृत्ति तथा सम्मान कार्यक्रमदेखि लिएर उक्त विद्यालयमा अध्ययनरत विपन्न परिवारका सदस्यहरुको उपचारार्थ आर्थिक सहयोग जुटाउनेदेखि लिएर विभिन्न सामाजिक कार्य गर्दै आएको संस्थाका अध्यक्ष लामाले बताए ।

प्रभा एल्मुनाईको बृहत बनभोज सम्पन्न