देशभर वर्षा र उच्च भु-भागमा हिमपातको संभावना

यो क्रम शनिबारसम्मै रहने मौसमविदको अनुमान
news-details

मौसममा आएको परिवर्तनका कारण देशका विभिन्न भागमा वर्षासँगै हिमपात शुरु भएको छ । सुदूरपश्चिमबाट प्रवेश गरेको पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण मुलुकभर वर्षा र हिमपात शुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो क्रम शनिबारसम्म रहने र मुलुकभर अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा तथा हिमपात र केही स्थानमा भारी वर्षा तथा हिमपात हुने संभावना रहेको महाशाखाका मौसमविद् बरुण पौडेलले बताए ।

मौसमविद् पौडेलले मौसमको यो प्रणालीले पश्चिममा हिजो दिउँसोदेखि नै प्रभाव पारेको र आज बिहान काठमाडौँसम्म आइपुगेको जानकारी दिँदै भने , ‘अहिले काठमाडौँ पश्चिमतिरका क्षेत्रमा पानी परिहेको छ, यो क्रम पूर्वतिर सरिरहेको हुदा पूर्वतिर आज पानी पर्ने संभावना छ ।’ उनले यो अवस्था तीन दिनसम्म कायम रहनसक्ने पनि बताए ।

हिमाली क्षेत्रमा व्यापक हिमपातको सम्भावना देखिएको भन्दै मौसमविद् पौडेलले शुक्रबार काठमाडौँ आसपासका अग्ला भूभाग फुल्चोकी, दामन, चन्द्रगिरिलगायत स्थानमा पनि हल्का हिमपात हुने संभावना रहेको बताए ।

मौसमको यो प्रणालीले केही जाडो बढाउने देखिन्छ । आकाश खुल्ने र घाम लाग्ने स्थिति नभएकाले दिउँसोको तापक्रम कम भई केही बढी चिसो महसुस हुनेछ । शनिबारसम्म पश्चिममा आकाश केही खुल्ने जानकारी दिँदै उनले काठमाडौँ पूर्वतिर भने शनिबार पनि यसका अवशेष देखिने बताए । ‘पूरै देशभरिको आकाश खुल्न भने आइतबारसम्म नै कुनुपर्छ’, मौसमविद् पौडेलले भने । विभागले मौसमको तीन दिनको पूर्वानुमान गर्दै सूचना सार्वजनिक गरेको छ । – रासस

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *