तामाङ समुदायको आज सोनम ल्होसार, सबैले दिए शुभकामना

news-details

 

तामाङ समुदायको नयाँ वर्ष अर्थात् सोनाम ल्होछार आज सो समुदायले आ–आफ्नै तरिकाले मनाउदैछन् । ल्हो अर्थात् नयाँ । छार(सार) वर्ष ।

मञ्जुश्री पात्रोअनुसार कुकुर वर्ष पूरा भई मङ्गलबारबाट सुंगुर वर्ष लागेको छ । यो २८५५औँ ल्होछार हो । सोनाम ल्होछारलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा विभाजन गरिन्छ ।ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङलगायत संस्थाले टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरेर मनाउदैछन् ।

सोनाम ल्होछार महोत्सवमा तामाङ जातिको खाना, वेषभूषा, कला संस्कृतिलगायत प्रदर्शन गरिने जनाइएको छ । यसैवीच ल्होसारको राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्री लगायत विभिन्न दलका नेताले शुभकामना दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ल्होसारको अवसरमा एक विज्ञप्ति जारी गर्दै विििबधताले भरिएको नेपाली संस्कृतिभित्र यस्ता चाडपर्व र परम्पराको बेग्दै महत्व रहेको उल्लेखख गरेकी छन् ।

उनले यस्ता चाडपर्वले राष्ट्रिय एकता सुदृढ पार्न जातजातीबीच सामाजिक सद्भाव कायम गर्न विश्वाश व्यक्त गरेकी छन् । त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले ल्होसारको शुभकामना दिदै नेपाल राष्ट्रको पहिचान र अमुल्य निधिका रुपमा रहेका मौलिक संस्कृतिहरुको संरक्षण तथा सम्बद्धन गर्न प्मुख दायित्व राज्यको रहेको भन्दै त्यसतर्फ राज्यको ध्यानाकर्षण गराएका छन् ।

यस्तै प्रधानमनत्री केपी ओलीले तामाङ जातिले मनाउने सोनाम ल्होसार पर्वको अवसरमा स्वदेश तथा विदेशमा बसोबास गरेका सम्पूर्ण तामाङ समुदायका दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतिको शुभकाना दिएका छन् ।

‘यहाँ हरेक जातजातीका आफ्ना आफ्नै परम्परा,चाडपर्व,भेषुभषा रहेका छन् । यस प्रकारका विविधताले नेपालीहरुलाई एक सुत्रमा बाँध्न महत्वपूर्ण योगदान गरेका छन् । मुलुकमा बसोबास गर्ने सबै जातीहरुका चाडपर्वहरुप्रति सरकारको उत्तिकै सद्भाव र सम्मान छ । हाम्रा यिनै परम्परा र संकृतिले नेपाललाई विश्वमा पनि चिनाएका छन्’ प्रधानमन्त्री ओलीले ल्होसारका अवसरमा जारी गरेको शुभकामनामा उल्लेख छ ।

त्यसैगरी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि विज्ञप्ति जारी गर्दैै ल्होसारको शुभकामना दिँदै नेपाल बहुजातिय, बहुभाषिक, बहुसाँस्कृतिक तथा बहुधार्मिक मुलुक भएको र विविधता भित्रको एकता नै हामी नेपालीको मौलिक पहिचान भएको बताएका छन् । ‘बहुभाषा, बहुधर्म र बहुसंस्कृतिले नै हाम्रो समाजलाई पारस्परिक सम्मान एवं सद्भावसहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन् ।

यसप्रकारका पर्वहरुले विविध धर्म र संस्कृति मान्ने सम्पूर्ण नेपालीहरुका बीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने विश्वास व्यक्त गर्दछु’ प्रचण्डले शुभकामना दिदै भनेका छन् ।

उनले पर्वले समस्त समुदायहरुमा बन्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त, समुन्नत तथा समृद्ध नेपाल बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *