पेट्रोलियम पदार्थमा फेरी मूल्य बढयो

पेट्रोल, डिजेल र मट्टितेलमा २-२ रुपैयाँ वृद्धि
news-details

सरकारले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मुल्यमा २-२ रुपैयाँ वृद्धि गरिएको हो ।

नयाँ मुल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको ९७ रुपैयाँ पुगेको छ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूची अनुसार मुल्य बृद्धि गरेको जनाएको छ ।

निगमलाई अहिले १ अर्ब ६ करोड सञ्चित नोक्सानी छ । यो पटक मूल्य समायोजनपछि निगमलाई १५ दिनमा १ अर्ब १६ करोड नाफा हुने प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य निकै सस्तो हुँदा पनि निगमले आफू सञ्चित घाटामा रहेको भन्दै मुल्य बृद्धि गरेर नाफा बढाउँन खोजेको छ । निगमका एक अधिकारी भने सञ्चित घाटा पूर्ति भएपछि सीमित नाफा राखेर मूल्य घटाउने दावी गर्छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *