‘टुटल र पठाओ’प्रति सरकारको लचकता किन ?

यात्रु बोक्न सार्वजनिक नम्बर प्लेट नै प्रयोग गर्दा हुन्न र !
news-details

दुईपांग्रे सार्वजनिक सवारी साधन टुटल, फुडमाण्डु र पठाओले सामाजिक संजाल र संचारमाध्यम तताइरहेको बेला सरकारले भने यसलाई नियम नै मिचेर विना आधार वैद्यता दिने तयारी गरिरहेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रु बोक्न प्रयोग भएका निजी नम्बर प्लेटका सवारी साधनलाई कारबाही थालेपछि विवादमा आएको टुटल, फुडमाण्डु र पठाओलगायतका सार्वजनिक सवारी साधनलाई सरकारले नियमनै मिचेर चलाउन निर्देशन दिएपछि ट्राफिक प्रहरी महाशाखा नै अन्यौलमा परेको छ ।

नेपालको यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा १ बमोजिम दर्ता भएका निजी सवारी साधनले उपदफा २ बमोजिम भाडाको यातायातका लागि प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ । विवादकै बिचमा प्रधानमन्त्री केपी शर्मा ओलीले टुटल, फुडमाण्डु र पठाओलगायतका दुई पांग्रे सार्वजनिक सवारी साधन चल्न दिनु भन्ने निर्देशन दिएका छन ।

सरकारले एकाएक नियमनै मिचेर नीजि नम्बर प्लेट मै चलेकाहरुलाई वैद्यता दिन खोज्नुमा आशंका पैदा भएको छ । सरकारको यस निर्देशनप्रति अधिकांश सामाजिक संजाल प्रयोगकर्ता तथा सर्वसाधारणहरुले असन्तुष्टि प्रकट गरेका छन् ।

‘अनलाइन एपमार्फत यात्रुहरुलाई सेवा दिइरहेको टुटल, फुडमाण्डु र पठाओलगायतका सार्वजनिक सवारी साधनले सहजता प्रदान गरेपनि यी साधनहरु नियमसंगत चल्नुपर्नेमा नीजि नम्बर प्लेट नै राखेर संचालनमा आउन खोज्नुमा केहि रहस्य लुकेको छ’ एक पूर्व ट्राफिक प्रहरी अधिकारी भन्छन–‘नियमावलीमा प्रष्टसँग यात्रुलाई सेवा दिन सार्वजनिक नम्बर प्लेट राख्नुपर्ने उल्लेख हुदाहुदै पनि यस्तो हठ गर्न किन खोजिएको बुझनै सकिएन ।’

ती प्रहरी अधिकारी भन्छन–‘सार्वजनिक नम्बर प्लेट राखेर मात्र यात्रुलाई सेवा प्रदान गर्न पाउने नियमावलीलाई सरकारले कडाइका साथ लागू गराउने हो भने यसबाट राज्यलाई फाइदा हुनुका साथै यस सेवाको अनुगमन तथा यात्रुहरुलाई थप सहजता प्रदान गर्न सजिलो हुने थियो ।’

निजी प्रयोजनका सवारी साधनले सार्वजनिक सवारी साधनको काम गर्न नपाउने भन्दै यातायात व्यवस्था ऐन २०४९ को दफा १५ मा यात्रीवाहक सार्वजनिक सवारीको वर्गीकरण, स्तर तथा क्षमतासमेत स्पष्टसँग तोकेको छ । (हेर्नुहोस नियमावली)

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *