राजदूतमा अधिकारी र ढकाल सर्बसम्मत अनुमोदन

news-details

संसदीय सुनुवाई समितिले फ्रान्सका लागि प्रस्तावित आवासीय राजदूत दीपक अधिकारी र थाइल्याण्डका लागि प्रस्तावित राजदूत गणेशप्रसाद ढकाललाई राजदूतको नाम सर्बसम्मत रुपमा अनुमोदन गरेको छ । उनीहरुलाई बिहीबार बसेको समितिको बैठकले अनुमोदन गरेको हो ।

गत पुस ६ गते र ९ गते बसेको मन्त्रिपरिषद् बैठकले ढकाल र अधिकारीसहित पाँच जनालाई विभिन्न देश तथा नियोगका लागि राजदूत सिफारिस गरेको थियो । तर, पाँचै जनाविरुद्ध एउटा पनि उजुरी परेको छैन । त्यसैले सीधै सुनुवाई गर्न पहिलो चरणमा अधिकारी र ढकाललाई बिहीबारको बैठकमा बोलाइएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *