कार्यकक्षमै चड्काए मन्त्री यादवले सचिवलाई…

news-details

प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले आफ्नै कार्यकक्षमा बोलाएर उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयका सचिव विद्यानाथ झालाई झापड हानेका छन ।

गरिबी निवारणका उद्यम कार्यक्रमका लागि आफ्नो मान्छे र एनजीओलाई बजेट नपारेको भन्दै मन्त्री यादबले दुव्र्यवहारसहित झापड हानेको सचिव झाले बताए । ‘आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै सभामुखकै अगाडि झापड हान्नुभयो’, सचिव झाले भने ।

यता मन्त्री यादबले भने आफ्नो बचाउ गर्दै सचिव झालाई हातपात नगरेको बरु दुव्र्यवहार गरेपछि प्रहरी बोलाएर जिम्मा लगाएको प्रतिक्रिया दिएका छन् ।

सचिव झालाई प्रहरीले नियन्त्रणमा लिएको छ । थप अप्रीय घटना नहोस् भनेर सचिवलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।

झालाई झापड हानिएपछि कर्मचारीहरुले मन्त्रीको कार्यकक्षमा धर्ना दिएका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *