चरित्रहत्या नगर्न र गलत हल्ला नफैलाउन राजदूत शेर्पाको आग्रह

news-details

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले आफ्नो चरित्र हत्या भएको बताएकी छिन् । आफ्ना बारेमा सत्य तथ्य बुझिदिन भन्दै कपोकल्पित र भ्रमित पार्ने गरी गलत हल्ला नफैलाईदिन आग्रह गरेकी छन् ।

नियुक्ति प्रक्रियादेखि अष्ट्रेलियास्थित नेपाली दूतावासमा जिम्मेवारी पुरा गरिरहँदा सम्म ईमान र कर्तव्यलाई बँचाई राखेको भन्दै चरित्रहत्या गर्ने गरी आधारहिन टिप्पणी र समाचार प्रकाशन तथा प्रशारण नगर्न राजदूत शेर्पाको आग्रह छ ।

सरकार, प्रधानमन्त्री र आँफूलाई समेत मुछेर अनर्गल प्रचार गरिएकोले दुःखी बनाएको भन्दै यस्ता हल्लामा आपत्ति जनाउँदै आँफूबाट कुनै पनि किसिमको अनौतिक काम नभएको उनले स्पष्ट पारेकी छन् ।

आफ्नो सवारी चालकको दोषका कारण समस्या झेलिरहेकी राजदूत शेर्पाले राज्यको आधिकारिक निकाय राजदूतावासको सत्यतामा बिश्वास गर्न र अदालतले समेत दोषी औँल्याएको व्यक्तिको मिथ्या आरोपका पछि नलाग्न आग्रहगर्दै आएकी छिन् ।

परराष्ट्र मन्त्रालयले समेत राजदूत शेर्पाको बारेमा अनुसन्धान जारी रहेकोर कुनै निर्णय गरिनसकेको जनाएको छ । परराष्ट्र मन्त्रालयले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाका बारेमा अझै कुनै निर्णय नभएको जानकारी दिएको छ ।

‘अनुसन्धान प्रक्रिया जारी छ, सत्य तथ्य बाहिर आई नै हाल्छ, यस्तो बेलामा राजदूतका बारेमा समाचार आउनु गलत हो’ परराष्ट्र स्रोतले भन्यो ‘राजदूत शेर्पालाई वर्खास्त गर्ने बारे कुनै निर्णय गरेको छैन।’

उनका पूर्व सवारी चालक वाङछु शेर्पाले राजदूतावासमा चोरी गरि अष्ट्रेलिया पठाउने भन्दै ठगी गरेको र पछि राजदूतलाई नै मुछ्न खोजेको भन्दै परराष्ट्र मन्त्रालयले राजदूत शेर्पालाई काठमाडौं बोलाएर स्पष्टीकरण लिएको छ । वाङछु भने यतिबेला सम्म पनि फरार छन् ।

यसअघि केही मिडियामा उनलाई फिर्ता बोलाईएको भन्दै समाचार आएको थियो । यो समाचार झुठो रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *