रेशम चौधरीले लिए शपथ, संसद बैठकमा भने सहभागी हुन नपाउने

news-details

टीकापुर घटनाका मुख्य अभियुक्त भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रेशम चौधरीले बिहीबार सपथ ग्रहण गरेका छन् ।

सभाभुख कृष्णबहादुर महराले चौधरीलाई सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बिहीबार दिउँसो ३ बजे शपथ ग्रहण गराएका हुन् ।

चौधरीको शपथ ग्रहणमा सभामुख महरा, उपसभामुख डा। शिवमाया तुम्बाहाम्फे, सांसदहरू राजपाका राजेन्द्र महतो, महन्त ठाकुर, अनिलकुमार झा, नेकपाका सुवासचन्द्र नेम्वाङ, देव गुरूङलगायत संसद सचिवालयका पदाधिकारी उपस्थित रहेका थिए ।

२०७२ भदौ ७ गते थरूहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ७ प्रहरी र एक नाबालकको हत्या गरेको आरोपमा जेल जीवन बिताइरहेका थिए । डिल्ली बजार कारागारबाट ल्याएर उनलाई शपथ ग्रहण गराइएको हो ।

शपथ ग्रहण लगत्तै उनलाई पुनः डिल्लीबजार कारागारमै पठाइने संसद सचिवालयले जनाएको छ । संघीय संसदको नियमावली २४४ को ३ अनुसार चौधरी संसद बैठकमा भने सहभागी हुन नपाउने व्यवस्था रहेको संसद सचिवालयले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *