डा.केसीको अनशन ७ दिनलाई स्थगित

news-details

चिकित्सा क्षेत्र सुधारको माग गर्दै १६औं चरणको अनशन तयारी गरेका डा। गोविन्द केसीले ७ दिनलाई अनशन स्थगित गरेका छन्। अनशन बस्नकै लागि इलाम पुगेका डा. केसीले बुधबार साँझ सदरमुकाममा पत्रकार सम्मेलन गरी संघीय संसद्को संसदीय समितिको आग्रह स्वीकार्दै आफूले केही दिन पर्खिएको बताए।

‘म इलाममा अनशन बस्नै आएको हुँ,’ उनले भने, ‘तर, संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले कम्तीमा २ दिन अनशन नबस्न आग्रह गरेपछि ७ दिन पर्खिने निर्णयमा पुगेको हुँ।’ बुधबार संसदीय समितिमा चिकित्सा शिक्षा विधेयकमा छलफल भएको र छलफल केही दिन लम्बिने भन्दै सभापति घर्तीले पर्खिन आग्रह गरेको सुनाए। ‘सभापतिले हाम्रा एक अभियन्तालाई फोन गरेर अनशन केही दिन स्थगित गर्न भन्नुभएछ,’ उनले भने, ‘त्यति मात्र होइन, साउन १० को सहमतिअनुसारै ऐन ल्याउन पहल भइरहेको पनि भन्नुभएकाले मात्र स्थगित गरेको हुँ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *