प्रधानन्यायाधीश जबराले लिए पद तथा गोपनीयताको सपथ

news-details

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पद तथा गोपनीयताको सपथ लिएका छन् । शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सपथ खुवाएकी हुन् ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरालगायत उच्च पदस्थहरु सहभागी थिए । नवनियुक्त प्रधानन्यायाधीश जबराले आजै कार्यभार सम्हाल्ने छन् ।

संसदीय सुनुवाई विशेष समितिले मंगलबार जबराको नाम सर्वसम्मतले अनुमोदन गरेको थियो । उनले संसदीय सुनुवाइ समिति समक्ष आफू प्रधानन्यायाधीशमा नियुक्त भए न्यायालयलाई गौरव गर्न लायक बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

जबरा चार वर्षसम्म प्रधानन्यायाधीश पदमा रहने छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *