प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर राणाको नाम सर्वसम्मतले अनुमोदन

news-details

प्रधानन्यायाधीशमा प्रस्तावित चोलेन्द्र शमशेर राणाको नाम मङगलबार बसेको संसदीय सुनुवाई समितिको बैठकले सर्वसम्मत रुपमा स्वीकृत गरेको छ ।

संसदीय सुनुवाई विशेष समितिमा चोलेन्द्र शमशेर राणा विरुद्ध ९ वटा उजुरीहरु परेका थिए । ति उजुरीहरुबारे उनीसँग छलफल गरेपछि समितिले सर्वसम्मत नाम अनुमोदन गरेको हो ।

समितिका सभापति लक्ष्मणलाल कर्णले राणाले न्यायलय सुधार गर्ने प्रतिबद्धता र कार्ययोजना पेश गरेकाले प्रधानन्न्यायाधीशका लागि उनको नाम स्वीकृत गरिएको जनाकारी दिए ।

राणाको नाम समितिबाट स्वीकृत भएलगत्तै उनले सम्भवत आजै राष्ट्रपतिबाट सपथ लिने र पदभार ग्रहण गर्नेछन् । उनी चार वर्षसम्म प्रधानन्यायाधीश पदमा रहने छन् ।

राणाले न्यायाधीश हुँदा गरेका फैसला विवादित रहेकाले उनलाई प्रधानन्यायाधीश बनाउन नहुने मत रहँदै आएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *