आजदेखि अंग्रेजी नयाँ वर्ष इस्वी सनको सन् २०१९ सुरु भएको छ । नयाँ वर्षको उपलक्ष्यमा आज विश्वभरका मानिसहरुले एकअर्कामा शुभकामना आदानप्रदानसहित विभिन्न कार्यक्रम गरी मनाउदै छन ।

ऐशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो पनि भन्ने गरिएको छ ।

विश्वभरका नेताहरुले नयाँ वर्षको शुभकामना दिँदै विश्वमा शान्ति र समृद्धिको कामना गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शुभकामना सन्देश जारी गर्दै सन् २०१९ मा समृद्ध नेपाल, सुखी नेपालीको महाअभियान अझ दृढतापूर्वक उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।