काठमाडौं उपत्यकाको तापक्रम शून्य डिग्रीमा झरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ०.५ डिग्री सेल्सियसमा झरेको हो ।
महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार बिहान पौने ९ बजे मापन गरिएको तापक्रम यस वर्षकै सबैभन्दा कम हो । तापक्रम घटेकाले आज अत्यधिक चिसो छ। काठमाडौं उपत्यकाको तापक्रम निरन्तर ओरालो लागे पनि यस वर्ष माइनसमा झर्ने सम्भावना नरहेको मौसमविदको अनुमान छ ।
मौसमविद् पौडेलका अनुसार अहिले देशकै सबैभन्दा बढी चिसो जुम्लामा छ । सोमबार बिहान पौने ९ बजे लिइएको मापनअनुसार जुम्लाको न्यूनतम तापक्रम माइनस ५ डिग्री छ ।
यसैबीच मंगलबार र बुधबार देशका केही स्थानमा पानी पर्न सक्ने अनुमान मौसमविद्हरूले गरेका छन् । मौसमविद्का अनुसार मंगलबार पहाडी भेगमा आंशिकदेखि सामान्य बदली भई विशेषतः पश्चिमी पहाडी भेगका एकरदुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
बुधबार दिउँसो देशको पश्चिम तथा मध्य क्षेत्रका केही स्थानहरूमा हल्का वर्षा तथा उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई तथा मधेसमा यस वर्ष शीतलहर अझै सुरु भइसकेको छैन ।
विगत वर्षहरुमा तराई तथा मधेसमा पुस शुरु भएदेखि नै शीतलहर चल्ने गरेको थियो । यसकै कारण कैयनको ज्यानसमेत जाने गरेको थियो ।
यसैबीच, मंगलबार र बुधबार देशका केही स्थानमा पानी पर्न सक्ने अनुमान मौसमविदहरुले गरेका छन् ।
मंगलबार पहाडी भेगमा आंशिकदेखि सामान्य बदली भई विशेषतः पश्चिमी पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।
बुधबार दिउँसो देशको पश्चिम तथा मध्य क्षेत्रका केही स्थानहरुमा हल्का वर्षा हुने र उच्च हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपात पनि हुने सम्भावना छ ।
यसैगरी बुधबार राति देशका अधिकांश स्थानहरुमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्का वर्षा हुने मौसमविदको पूर्वानुमान छ ।








