प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको सुनुवाई आज हुदै

news-details

प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको आज संसदीय सुनुवाई हुँदैछ । सुननुवाईमा राणाले आफूमाथि परेका उजुरीको चित्त बुझ्दो जवाफ दिए आजै राणाको नाम अनुमोदन गर्ने समितिको तयारी छ ।

राणामाथि नौ वटा उजुरी परेका छन् । उजुरीकर्ताहरुसँग समितिले शुक्रबार छलफल गरिसकेको छ ।

दिउँसो २ बजे बस्ने संसदीय सुनुवाई समितिको बैठकमा सुनुवाईका लागि राणालाई समितिले बोलाइएको हो ।

सुनुवाईका क्रममा राणाविरुद्ध परेका उजुरी र उनका भावी कार्ययोजनाका विषयमा छलफल हुने संसदीय सुनुवाई समितिका सभापति लक्ष्मण लाल कर्णले जानकारी दिए ।

राणालाई संबैधानिक परिषदले केही साता अघि प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *