आज क्रिसमस डे, विविध कार्यक्रम गरी मनाइँदै

news-details

आज २५ डिसेम्बर अर्थात् क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव क्रिसमसडेका रुपमा विविध कार्यक्रम गरी मनाइँदैछ ।

दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको विश्वास गरिन्छ । सर्वसाधारण मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउन येशु आफैं क्रसमा चढेको उनका अनुयायीको भनाइ छ ।

येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।

नेपालमा हजारौं चर्च तथा ३० लाखभन्दा बढी क्रिश्चियन धर्मावलम्बी रहेको अनुमान छ । ०६४ अघिसम्म क्रिसमसडे चर्चमा मात्र सीमित हुने गरेकोमा केही वर्षदेखि सार्वजनिक स्थलमै विविध सांगीतिक कार्यक्रम गरेर मनाउने गरिएको छ ।

क्रिसमसका उपलक्ष्यमा काठमाडौंको ठमेल, बौद्धमा कार्यक्रम हुने गरेको छ । त्यस्तै ललितपुर, भक्तपुर, पोखरालगायत स्थलमा पनि सांगीतिक कार्यक्रम गर्ने गरिएको छ । क्रिसमस ट्रीलगायतका सजावटले बजार र ठूला व्यापारिकस्थलमा आकर्षण थपिने गर्छ ।

क्रिसमसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिएका छन् ।

सरकारले ०६४ पछि डिसेम्बर २५ का दिन सार्वजनिक बिदा दिने गरेकोमा गत वर्षबाट कटौती गरेको छ । यद्यपि, क्रिश्चियन धर्मालम्बीले भने आजको दिन बिदा पाउँछन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *