पूर्वप्रधानमन्त्री डा‍‍. तुलसी गिरीको निधन

news-details

पूर्वप्रधानमन्त्री तथा मन्त्रिपरिषद् उपाध्यक्ष डा‍‍. तुलसी गिरीको मंगलबार विहान निधन भएको छ ।

९३ वर्षिय गिरीको मंगलबार बिहान बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको हो । लामो समयदेखि कलेजोको क्यान्सरबाट पीडित उनी दुई दिनअघि मात्रै मेडिसिटी अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका थिए।

नेपाली कांग्रेसको महामन्त्री हुँदै पञ्चायतकालमा प्रधानमन्त्री भएका राजनीतिज्ञ गिरी ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा मन्त्रिपरिषदको उपाध्यक्ष बनेका थिए ।

गिरीका श्रीमती, दुई छोरा र दुई छोरी छन् । पारिवारिक स्रोतका अनुसार गिरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मंगलबार निवासमै राखिने र बुधबार मात्र अन्त्येष्टि गरिने छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *