भारतमा ३३ किलो सुनसहित इटहरीका दुई नेपाली समातिए

गोरे समूहको हराएको सुन हुनसक्ने आशंकामा थालियो अनुसन्धान
news-details

भारतको कलकत्ताबाट ३३ किलो अवैध सुनसहित दुर्इ नेपाली पक्राउ परेका छन् । गत शुक्रबार कोलकातामा इटहरीका राकेशप्रसाद र हेमकुमार शर्मा ३३ किलो सुनसहित पक्राउ परेको सूचना भारतीय अधिकारीमार्फत नेपाललार्इ जानकारी भएको छ ।

यस लगत्तै नेपालमा चर्चित ३३ किलो सुन तस्करी र शनम हत्याको अनुसन्धान गर्न गठित समितिले सुनबारे चासो दिएर अनुसन्धान थालेको छ । उनीहरुले प्रयोग गरेको कारमा लुकाइराखेको अवस्थामा ३३ किलो सुन बरामद गरेको भारतीय अधिकारीहरुले पुष्टि गरेका छन् ।

नेपाली नागरिकबाटै बरामद भएको उक्त सुन त्रिवि विमानस्थलबाटै हराएको भनिएको ३३ किलो हुन सक्ने आशंकामा समितिले अनुसन्धान थालेको हो । कलकत्ताबाट बरामद सुन चुडामणि उप्रेती ‘गोरे’ समूहले तस्करी गरेर ल्याउँदा हराएको सुन हो कि हैन भन्नेबारे समितिले अनुसन्धान थालेको हो ।

गृह मन्त्रालय स्रोतले भन्यो -‘भारतमा सुन समातिएको कुरा आएको छ, ठूलो परिमाणमा सुन भित्रने भनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हो ।’ त्यसैले भारतमा समातिएको सुन पहिल्यै भित्रिएको र गायब भएको भनिएको साढे ३३ किलो सुन हुन सक्ने समितिको आँकलन छ ।
-news24nepal बाट

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *