संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबराको नाम सर्वसम्मतले सिफारिस गरेको छ । परिषदको बिहीबार विहान बसेको बैठकले सर्वोच्चका वरिष्ठ न्यायाधीश जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।
न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि जबरासँगै दीपकराज जोशीको नाम सिफारिस गरेको थियो । तर, जोशी यसअघि नै संसदीय समितिबाट अस्वीकृत भएको कैफियत उल्लेख गर्दै जबरालाई सर्वसम्मत सिफारिस गरिएको हो ।








