वाइडवडी खरिदको छानबिनका लागि लेखा समितिले बनायो छुट्टै उपसमिति

news-details

नेपाल वायु सेवा निगमको नयाँ वाइडवडी जहाज खरीद प्रकरणमा छानबिन गर्न संसदको सार्वजनिक लेखा समितिले उपसमिति बनाएको छ। समितिको बुधबार बसेको बैठकले वाइड वडी खरिद प्रकरणको अनियमितताका विषयमा छानविन गर्न उपसमिति बनाएको हो।

राजन केसीको संयोजकत्वमा उपसमिति बनाइएको लेखा समितिका सभापति भरतकुमार शाहले बताए। उपसमितिमा सांसदहरु कृष्णलाल महर्जन, चन्दा अधिकारी, प्रदीप यादव, प्रेम आले, धर्मशीला चापागाई र मीना सुब्बा सदस्य रहेका छन्। उपसमितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन लेखा समितिले समयअवधि तोकेको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *