आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, विभिन्न कार्यक्रम गरी मनाईदै

news-details

आज अन्तर्रा्ष्ट्रिय मानव अधिकार दिवस नेपालमा पनि मानव अधिकार सम्बन्धि जनचेतना सहितका विभिन्न कार्यक्रम आयोजना गरि मनाइदै छ।

हरेक वर्ष डिसेम्बर १० मा विश्वभरी मनाइने मानव अधिकार दिवस अन्तर्गत यो वर्ष ‘समानता, न्याय र मानव अस्तित्वका लागि उभिउँ’ भन्ने नाराका साथ नेपालमा मनाईँन लागिएको हो । सन् १९४८ को डिसेम्बर १० मा संयुक्त राष्ट्रसंघको महासभाले मानवअधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र स्वीकार गरेको थियो ।

त्यहि दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो । मानवअधिकार रक्षाको क्षेत्रमा ‘माइल स्टोन’ मानिएको यो घोषणा पत्र जारी भएको ७० वर्ष पुगेको छ । कुनै व्यक्तिलाई विभेद गर्न नहुने, सबै मानिसको बाच्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने घोषणापत्रमा उल्लेख छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *