सिफारिस चारै राजदूतको नाम संसदीय सुनुवाइ समितिद्धारा सर्वसम्मतिले अनुमोदित

news-details

सरकारले चार देशका लागि सिफारिस गरेको राजदूतहरुको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मतिले अनुमोदन गरेको छ । आइतबार बसेको समितिको बैठकले उनीहरु चारै जनाको नाम सर्वसम्मतले अनुमोदन गरेको हो ।

यसरी अनुमोदित हुने राजदूतमा भारतका लागि प्रस्तावित राजदूत नीलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, इजरायलका लागि डा अञ्जान शाक्य र संयुक्त अरब इमिरेट्सका लागि कृष्णप्रसाद ढकाल छन । संसदीय समितिबाट अनुमोदित उनीहरुलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक प्रावधान छ ।

अनुमोदित राजदूत आचार्य पूर्व कानून मन्त्री हुन । श्रीलङ्काका लागि नेपाली राजदूत र नेपाल–भारत प्रबुद्ध समूहका सदस्यका रुपमा पनि उनले भूमिका निर्वाह गरिसकेका छन ।

यस्तै मलेसियाका लागि अनुमोदित राजदूत उदयराज पाण्डले यसअघि साउदी अरबको लागि नेपाली राजदूतको भूमिका निभाइसकेका छन् । डा अन्जान शाक्य परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा उपकार्यकारी प्रमुखको रूपमा जिम्मेवारी निभाइसकेका व्यक्ति हुन भने परराष्ट्र मन्त्रालयका सहसचिवसमेत रहेका कृष्णप्रसाद ढकालले यस अघि भारतका लागि कार्यवाहक राजदूतको रूपमा काम गरिसकेका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *