आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

news-details

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस, नेपालमा पनि भ्रष्टाचारविरुद्ध विभिन्न जनचेतनामूलक अभियान तथा खबरदारीका कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसरमा आइतबार दिउँसो १ बजे माइतीघर मण्डलामा जनचेतनामूलक कार्यक्रम हुँदैछ ।

संयुक्त राष्ट्रसंघले सन् २००३ को डिसेम्बर ९ मा भ्रष्टाचारविरुद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समर्थन जुटाउन भ्रष्टाचार विरुद्धको महासन्धिलाई सदस्य राष्ट्रबाट अनुमोदन गराउन आग्रह गर्दै दिवस मनाउने घोषणा गरेको थियो । त्यही दिनको स्मरणमा भ्रष्टचार विरुद्धको दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्र संघले भ्रष्टाचारविरुद्ध एक हुन सबैलाई आह्वान गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *