पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

news-details

पूर्ववनमन्त्री तथा कालिका कन्स्ट्रक्सनका प्रमुख  विक्रम पाण्डेसहित २१ जना विरुद्ध भ्रष्ट्राचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्बौको विगो दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो । यो आयोजनाको ठेक्का कालिका कन्स्ट्रक्सन र सीटीसीई जेभीले पाएको थियो ।

उनीमाथि अख्तियारले दुई अर्ब १३ करोड ७६ लाख विगो दावी गर्दै मुद्दा दायर गरेको हो । सबै २१ जनाविरुद्ध कुल आठ अर्ब ५९ करोड ८८ लाख ३१ हजार चार सय ३१ रुपैयाँ विगो दावी गर्दै मुद्दा दर्ता गरिएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *