काठमाडौंको रातोपुलमा प्रहरीले गोली चलायो, फरार अभियुक्त लिम्बू घाइते

news-details

काठमाडौंको रातोपुलमा प्रहरीले चलाएको गोली लागेर एक फरार अभियुक्त घाइते भएका छन् । अपराध महाशाखाको विशेष टोलीसँगको मुठभेडमा गुण्डा राजन लिम्बू घाइते भएका हुन् । उनको खुट्टामा गोली लागेको छ ।

प्रहरीले पक्राउ गर्ने क्रममा लिम्बु भाग्न खोजेपछि गोली चलाएको दाबी गरेको छ । महाशाखाका अनुसार लिम्बू पनि हतियारसहित उपस्थित भएका थिए ।

महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरले भने, ‘लिम्बू इटहरीमा भएको डकैती घटनामा संलग्न व्यक्ति हुन्, उनी कर्तव्य ज्यान सम्बन्धी मुद्दामा पनि जोडिएको छन् ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *