पेट्रोलियम पदार्थको मूल्य घट्यो

news-details

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

नेपाल आयल निगमले सोमवार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमको सोमवार बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रति लिटर २ रुपैयाँ घटाउने निर्णय गरेको निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १ सय १२ तथा डिजेल र मट्टितेल ९९ रुपैयाँमा खरीद गर्न सकिनेछ । यसअघि पेट्रोल १ सय १४ तथा डिजेल र मट्टितेल प्रति लिटर एक सय एकमा खरीद बिक्री हुँदै आएको थियो ।

हवाई इन्धन तथा खाना पकाउने ‘एलपी’ग्यासको मूल्य भने यथावत राखिएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *