गैरसरकारी संस्था महासंघको अध्यक्षमा जीतराम लामा

४८ सदस्यिय केन्द्रिय समिति निर्वाचित
news-details

काठमाडौंमा दुईदिनसम्म चलेको गैरसरकारी संस्था महासंघको ९ औं केन्द्रिय महाधिवेशनले जीतराम लामाको अध्यक्षतामा ४८ सदस्यिय केन्द्रिय समिति निर्वाचित गरेको छ । लामा अघिल्लो कार्यसमितिमा कोषाध्यक्षको जिम्मेवारीमा थिए ।

महाधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा ध्रुव प्रसाद देव, उपाध्यक्ष सुमित्रा सुवेदी, महासचिव रामप्रसाद सुवेदी, उपमहासचिव दिनेश चौधरी र अर्जुन भट्टराई, सचिव भावना भट्ट, देवी प्रसाद तिमिल्सीना, बैद्यनाथ चौधरी, सोभराम डाँगी, उमेश विक, धर्मराज पाठक र डिल्लु घिमिरे, कोषाध्यक्ष बिष्णु थकाली निर्वाचित भएका छन् ।

त्यसैगरी केन्द्रिय सदस्यमा बालमुकुन्द सुवाल, राजेन्द्र शर्मा, इश्वरलाल राजभण्डारी, दिपेन्द्र प्रकाश डीसी, लक्ष्मण बहादुर खड्का, गोकर्ण रुपाखेती, सञ्जय कुमार दाहाल, भिम प्रसाद शर्मा, रामचन्द्र शाह, विमलकाजी श्रेष्ठ, मिलनकुमार घिसिङ्, काँसीबहादुर बिक, रमेश लामा, अन्जु झा, प्रिज्मा सिंह थारु, सावित्रा घिमिरे विक, छविलाल खतिवडा, बुद्धशरण लामा, नानीमाया थापा, काजीराम रोका, गामा ढकाल, महेश्वरी राई, देवीलाल लामिछाने, पशुपति कुँवर, भवराज रेग्मी, कृष्णकला काफ्ले, श्वेताकुमारी कलुवार, खिमबहादुर शाही, यादवकुमार सरकार र नेत्रकला शाही निर्वाचित भएका छन् । नागरिक सम्मेलनको आयोजना समेत गरिएको अधिवेशनमा ७ प्रदेश र ७७ जिल्लाबाट ९ सय प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

अधिवेशनको उद्घाटन गर्दै सभामुख कृष्णबहादुर महराले गैरसरकारी संस्थाले विकास निर्माणका काममा सरकारको परिपूरकका रुपमा योगदान पु¥याएको बताए । उनले नागरिक समाज तथा नागरिक संघठनले शान्ति, मानव अधिकार, लोकतन्त्र र स्वतन्त्रताको रक्षकका रुपमा आफ्नो भूमिका खेलिरहेको उल्लेख गरे ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *