संखुवासभाली बुद्धिजीवीले खोले ‘राष्ट्रिय वौद्धिक अभियान’

news-details

संखुवासभा जिल्लामा जन्मिएर विभिन्न क्षेत्रमा विज्ञता हाँसिल गरेकाहरुको समूहले ‘राष्ट्रिय वौद्धिक अभियान’ संखुवासभा संचालनमा ल्याएका छन् । आफुले आर्जन गरेको ज्ञान र सीपलाई विशेषगरी संखुवासभा जिल्लामा लगाउने गरी गठन भएको ‘राष्ट्रिय वौद्धिक अभियान’ औपचारिकरुपमा शुभारम्भ भएको छ ।

‘राष्ट्रिय वौद्धिक अभियान संखुवासभा’ शुभारम्भ घोषणा सभा शनिवार काठमाडौको लैनचौर ब्याकेटमा गर्दै आफ्नो कार्य शुभारम्भ गरेको हो । प्रा.डा. रमेश ढुंगेलको अध्यक्षता बनेको ‘राष्ट्रिय वौद्धिक अभियान’मा महासचिव शारदा प्रसाद त्रिताल, सचिव योगराज भट्टराई, कोषाध्यक्ष जनक कुमार रावल रहेका छन् । त्यसैगरी सदस्यहरुमा डा.हिरामणी घिमिरे, डा. झमक प्रसाद शर्मा, योगेन्द्र बहादुर अधिकारी, श्याम कुमार विश्वकर्मा, मुक्तिनाथ गौतम, नरेन्द्र चापागाई, केशाङडेगा लामा रहेका छन् ।

‘राष्ट्रिय वौद्धिक अभियान’ले आफ्ना संस्थापक सदस्य पनि चयन गरेको छ । प्रा.डा. रामकुमार घिमिरे, पदमप्रसाद दाहाल, इश्वरीप्रसाद घिमिरे, डा. गुप्तबहादुर श्रेष्ठ, सेवक पोखरेल, सूर्यमणि राई, दीपेन्द्र वान्तवा र रविन दाहाल रहेका छन् ।

‘राष्ट्रिय वौद्धिक अभियान’ले पूर्व राज्यमन्त्री दिपक खड्का, सांसद राजेन्द्र गौतम र सांसद पर्शुमेघी गुरुङलाई सल्लाहकार चयन गरेको छ ।
काठमाडौंको लैनचौरमा कार्यालय राखेर शुरु भएको यस अभियानले संखुवासभामा मात्र नभएर आवश्यकता अनुसार देशभरी नै काम गर्ने जनाएको छ ।

अभियानको वारेमा प्रकाश पार्दै संस्थाका महासचिव तथा नेपाल सरकारका पूर्व सचिब शारदा प्रसाद त्रितालले रिटार्यड जीवनमा आफ्नो ज्ञानलाई समाजमा लगाउन सकियोस् भनेर अगाडि बढेको बताउनु भयो ।

अभियानका अध्यक्ष डा. ढुंगेलले आफुहरुले आर्जको गरेको वौद्धिक चेतनालाई समाजमा बाड्नका लागि र समग्र सामाजिक कार्य गर्नका लागि जुटेको बताउनु भयो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *