दशैं अघिबाट बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन आजदेखि खुलेको छ ।

यातायात व्यवस्था विभागले आज बिहान १० बजेदेखि अनलाइन फाराम खुला गरेको जनाएको छ । दशैंअघिबाट अनलाइन फाराम रोकिएको भए पनि रि-ट्रायल लगायतका कामहरु भने भइरहेका छन् ।

काठमाडौं उपत्यकामा भक्तपुरको जगाती, स्वयम्भुको ठूलो भर्‍याङ, चावहिल सुकेधरा, एकान्तकुनामा गरी चारवटा कार्यालयमार्फत पनि अनलाइन आवेदन भर्न सकिने छ । चारवटै कार्यालयबाट, बाइक, स्कुटर र काररजीपका लागि आवेदन दिन सकिने छ ।

अनलाइन आवेदन विभागको वेबसाइटमा गएर अप्लाइ गर्न सकिन्छ । यातायात व्यवस्था विभागले देशैभर लाइसेन्सको फारामका लागि अनलाइन अनिवार्य गरिसकेको छ ।