मंसिर ७ बाट काठमाडौं उपत्यकामा सवारी लाइसेन्सको आवेदन खुल्दै

news-details

काठमाडौं / सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि मंसिर पहिलो सातादेखि पुन : आवेदन खुला हुने भएको छ । दशैँ सुरु हुनुभन्दा अघिदेखि नै लाइन्सको आवेदन स्थगित गरिएको थियो ।

अब मंसिर ७ गतेबाट पुन : अनलाइन फाराम खुल्ला गरिने यातयात व्यवस्था विभागले जानकारी दिएको छ । विभागका निर्देशक तीर्थराज खनालका अनुसार मंसिर ७ बाट काठमाडौं उपत्यकाभित्रका यातायात व्यवस्था कार्यालयमा अनलार्इन फारम खुला हुनेछ ।

उपत्यकाभित्रका जगाती, ठूलो भर्‍याङ, सुकेधरा, एकान्तकुनामा गरी चारवटा यातायात व्यवस्था कार्यालयमार्फत मोटरसाइकल, स्कुटर र कार तथा जीप लगायत सवारीको लाइसेन्सका लागि अनलाइन आवेदन भर्न सकिने खनालले बताए । यसअघि अनलाइन फाराम स्थगित भए पनि रि-ट्रायललगायतका कामहरु यस अवधिमा चालु नै रहेको उनको भनाइ छ ।

यातायात व्यवस्था विभागको वेबसाइटमा गएर अनलाइन आवेदन दिन सकिनेछ । हाल विभागले देशैभरि सवारी साधनको चालक लाइसेन्सका लागि अनलाइन फाराम अनिवार्य गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *