राजदूत नियुक्तिको प्रक्रिया सुरु, भारतका लागि नीलाम्बर, मलेसियाका लागि पाण्डे र युएर्इका लागि ढकाल सिफारिस

news-details

अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीतिमा असफल रहेको आरोप लागिरहेको वर्तमान सरकारले लामो समयको रिक्ततापछि राजदूत नियुक्तिको प्रक्रिया सुरु गरेको छ । मन्त्रिपरिषदको आइतबारको बैठकले ३ देशका लागि राजदूत सिफारिस गरेको भएपनि औपचारिक निर्णय भने सुनाइएको छैन ।

सरकारले भारतका लागि नेपाली राजदूतमा पूर्वमन्त्री निलाम्बर आचार्यलाई सिफारिस गरेको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मलेसियाको लागि राजदूतमा उदयराज पाण्डे र युनाइटेड अरब इमिरेट्स (यूएई) का लागि राजदूतमा कृष्णप्रसाद ढकाललाई नियुक्त गरेको छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले बैठकमा धेरै विषयमा छलफल भई आवश्यक निर्णयहरु गरिएको र त्यसबारेमा केही नयाँ प्रबन्धसहित जानकारी गराइने बताएका थिए । भारतका लागि राजदूत सिफारिस गरिएका आचार्य नेपाल-भारत सम्बन्धका विविध आयामहरुको पुनरावलोकन गर्न गठित प्रवुद्ध व्यक्ति समूहका सदस्य पनि हुन ।

आयार्च यसअघि श्रीलंकाका लागि राजदूत भैसकेका छन । २०४६ सालको परिवर्तनपछि बनेको पहिलो सरकारमा उनी कानूनमन्त्री थिए । यसअघि दीपकुमार उपाध्यायको कार्यकाल सकिएपछि सरकारले भारतकालागि राजदूत नियुक्त गर्न सकेको थिएन ।

पाण्डे यसअघि साउदी अरेबियाको राजदूत भइसकेका छन् भने ढकाल परराष्ट्र मन्त्रालयका सहसचिव हुन् । उनीहरुको सिफारिस संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि एग्रिमो स्वीकृतिका लागि सम्बन्धित देशमा पठाइनेछ । एग्रिमो स्वीकृत भएर आएपछि राष्ट्रपतिबाट नियुक्ति हुने व्यवस्था छ ।

मन्त्रिपरिषद्का मुख्य निर्णयहरुबारे प्रायः बैठकपछि जानकारी दिइने गरिएकोमा आइतबार भने जानकारी नगराइएको हो । प्रधानमन्त्री केपी शर्मा ओली हालै अस्वस्थ भएपछि कात्तिक ११ गते यता आइतबार पहिलोपटक मन्त्रिपरिषद्को बैठक बसेको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *