लोकदर्शन बचतको नवौं साधारणसभा सम्पन्न

news-details

वैदेशिक रोजगार व्यवसायीहरुद्वारा प्रवद्धित लोकदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो नवौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । २०६६ सालमा वैदेशिक रोजगार व्यवसाय तथा अन्य क्षेत्रका व्यवसायीलाई वित्तीय क्षेत्रमा सशक्त रुपमा प्रस्तुत गर्ने उद्देश्यका साथ लोकदर्शन वचत तथा ऋण सहकारी संस्था स्थापित भएको हो ।

सहकारीका अध्यक्ष प्रेमबहादुर कटुवालको सभापतित्वमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक प्रतिवेदन, सोही आर्थिक वर्षको आर्थिक प्रतिवेदन, आयव्यय विवरण तथा चालू आर्थिक वर्षको कार्ययोजना र लेखा समितिको प्रतिवेदन पास गरेको छ ।

संस्थाका अध्यक्ष कटुवालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले नयाँ स्लोगन ‘ उद्धेश्य, लक्ष्य र योजनामा प्रतिबद्धता श्रम,सीप र समुन्नतीका लागि सहकारिता’ तय गरिएको बताए । उनले सहकारीको सिद्धान्त अनुसार लोकदर्शन चलेको जानकारी दिदै सहकारीको क्षेत्रमा सक्षम र भरपर्दो सहकारीरुपमा चिनाउन सफल भएको जनाए ।

लोकदर्शनले कुल कारोवार १२ करोड १९ लाख ३४ हजार ६ सय ५० मा १५.१९ प्रतिशतले बृद्धि गरी १४ करोड ४ लाख ४६ हजार ९ सय ८२ पु¥याएको छ । अगामी बर्षमा १६ करोड पु¥याउने लक्ष्य राखिएको अध्यक्ष कटुवालले जानकारी दिए ।

साधारणसभामा कोषाध्यक्ष नवराज केसीको प्रतिवेदन उनको अनुपस्थितिमा सचिव देवराज कटुवालले प्रस्तुत गरे ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *