मानव अधिकारकर्मी प्याकुरेललाई विद्यावारिधि प्रदान

news-details

मानव अधिकारको क्षेत्रमा विगत १२ वर्षदेखि लागिरहेका मानव अधिकारकर्मी गुणराज प्याकुरेललाई उनले सामाजिक सेवा, प्राकृतिक प्रकोप तथा मानव अधिकारको क्षेत्रमा पु¥याएको योगदानको लागि भारतको ‘द युनिभर्सल तामिल युनिभर्सिटी’ले विद्यावारिधिको उपाधी प्रदान गरेको छ ।

सामाजिक कार्यमा विगत २३ वर्षदेखि लागेका प्याकुरेल नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक हुन् । नेपाल स्काउटको समय सापेक्ष परिवर्तनको लागी केही वर्ष अघि प्याकुरेलले २१ दिन आमरण अनशन पनि बसेका थिए ।

युथ फर ह्रयुमन राइटस्का राष्ट्रिय संयोजक पनि रहेका प्याकुरेलले मानव अधिकार प्रचार प्रसारको क्षेत्रमा पु¥याएको योगदानको लागि उनी त्यस विधामा चुनिएका हुन् । तथा प्राकृतिक प्रकोपको समयमा पु¥याएका उद्धारको लागि मानव अधिकारको क्षेत्रसँगसँगै प्याकुरेल प्राकृतिक प्रकोपको समयमा पनि देश विदेशमा सेवा गर्ने गर्छन् ।

सन् २०१२ मा भारतको आसाम, सन् २०१३–१४ मा फिलिपिन्स, सन् २०१५मा नेपालको महाविनाशकारी भूकम्प, सन् २०१६ मा बंगलादेशमा पनि सहयोग पु¥याएका प्याकुरेललाई युथ फर हयुमन राइट्स इन्टरनेशनलले सन् २०१५मा ‘साउथ एसियन हिरो अवार्ड’ र सन् २०१७ मा ‘इन्टरनेशनल ह्रयुमन राइटस् हिरो अवार्ड’ प्रदान गरेको थियो भने दैवी प्रकोप उद्धार पदक तथा विभिन्न सम्मानबाट विभुषित भइसकेका छन् ।

प्याकुरेल शुभारम्भ युवाका संस्थापक अध्यक्ष, सोच समुहका महासचिव, रोटरी क्लब अफ राजधानीका सदस्य, प्याक्स अर्थ नेपालका उपाध्यक्ष हुन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *