राष्ट्रपति भण्डारी र कतारका अमिरबीच भेट, सम्बन्धको नयाँ फड्को

news-details

कतारको चार दिने औपचारिक भ्रमणको दोस्रो दिन मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी र कतारका अमिर शेख तमिम बीन हमाद अल थानीबीच अमिरी दिवानमा भेटवार्ता भएको छ । यस अघि राष्ट्रपति भण्डारीको सम्मानमा अमिरी दिवानमा सैनिक टुकुडीले सम्मान अर्पण गरेको थियो ।

भेटवार्तामा दुई देशका बीच रहिआएको कूटनीतिक सम्बन्ध र आपसी सहकार्यलाई अझ सुमधुर बनाउने लगायत विषयमा छलफल भएको छ। अमिर अल थानीले राष्ट्रपति भण्डारीको सम्मानमा दिवाभोजको आयोजना गरेका छन् । मित्रराष्ट्र कतारका अमिर अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी हिजोदेखि कतार भ्रमणमा रहनुभएको छ ।

कतार नेपाली कामदारहरुका लागि आकर्षक रोजगारी गन्तब्य हो ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *