शरद गौचन हत्याकाण्ड : मुख्य अभियुक्तसहित ३ पक्राउ

news-details

काठमाडौ । प्रहरीले निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचन हत्या काण्डका मुख्य अभियुक्तहरुलाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाले गौचन हत्याका मुख्य अभियुक्त रोशन बुढाथोकी, अम्बर बहादुर रानामगर र लोप्साङ लामालाई पक्राउ गरेको हो ।

महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरको विशेष टोलीले उनीहरुलाई झापाबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो ।

गौचनको अघिल्लो वर्ष असोज २३ गते काठमाडौँको बानेश्वरमा गोली हानी हत्या गरिएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *