स्वत : स्थायीको माग राख्दै अस्थायी, करार र ज्यालादारी कर्मचारी सिंहदरबार भित्रै धर्नामा

news-details

नेपाल सरकारका विभिन्न कार्यालयमा कार्यरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुले स्वतः स्थायीको माग राख्दै सिंहदरबार क्षेत्र भित्रै धर्ना सुरु गरेका छन् । आफुहरुको रोजगारीको सुनिश्चिताको माग राख्दै स्वत : स्थायी गरिनुपर्ने भन्दै उनीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना सुरु गरेका हुन ।

आइतबार रोजगारी सुनिश्चितताको मागसहितको ज्ञापनपत्र बुझाउन मन्त्रालय पुगेका उनीहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले समय नदिएपछि मन्त्रालय अगाडि नै धर्ना सुरु गरेको अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघका अध्यक्ष भुपाल रसाइलीले बताए ।

लामोसमयसम्म सरकारी सेवा गरेका अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुलाई अर्थ मन्त्रालयले कर्मचारी समायोजन गर्ने नाममा गत असार मसान्तबाट हटाउने नीति सार्वजनिक गरेपछि रोजगारी सुनिश्चितताको मागसहित यी कर्मचारीहरु आन्दोलित थिए ।

‘हामीले यसअघि पनि पटक–पटक सरकारलाई यस विषयमा ध्यानाकर्षण गराउदा पनि सरकारले हाम्रो मागलाई वेवास्था गरेपछि मन्त्रालय अगाडि नै धर्ना दिन बाध्य भएका हौ’ अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघका उपाध्यक्ष कुमार राउतले भने– ‘अब पनि हाम्रो माग सम्बोधन नभए सरकारविरुद्ध देशैभर कडा आन्दोलन गर्न बाध्य हुनेछौ ।’

रोजगारीको ग्यारेण्टीसहित २ सय ४० दिनभन्दा बढी काम गरेका यस्ता कर्मचारीहरुलाई स्वतः स्थायी गर्नुपर्ने, कटौतीमा परेका कर्मचारीलाई यथास्थानमा व्यवस्थापन गर्नुपर्ने, सेवासुविधाको ग्यारेण्टिसहित सामाजिक सुरक्षाको ग्यारेण्टि गरिनुपर्नेलगायतका माग अघि सारेको संघकी महासचिव विमला आचार्यले बताइन ।

हेर्नुहोस ज्ञापनपत्र

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *