विश्वका एनआरएनहरु आज आफ्नो दिवस विभिन्न कार्यक्रम गरेर मनाउँदै

news-details

विश्वभर छरिएर रहेका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो स्थापना दिनको अवसर पारेर एनआरएन दिवस मनाइरहेको छ । सन् २००३ मा पहिलो गैरआवासीय नेपाली सम्मेलन सुरू भएको दिन पारेर हरेक वर्षको अक्टुबर ११ मा गैर आवासीय नेपालीहरु आफ्नो दिवस मनाउँदै आएका छन् ।

विश्वभरबाट आएका एनआरएनएका अगुवा, अभियन्ता तथा प्र्रतिनिधिहरुले विभिन्न कार्यक्रम गरी बीहिबार दिवस मनाइरहेका छन् । दिवसकै अवसर पारेर संघको सचिवालय बालुवाटारमा रहेको आफ्नै भवनमा सार्ने र शंखमुलमा निर्मित उद्यान ललितपुर महानगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको एनआरएनका अध्यक्ष भवन भट्टले जानकारी दिए ।

यस्तै ऐतिहासिक महत्व बोकेको सिन्धुलीगढीको पुनर्निर्माण योजनाको हस्तान्तरण, पर्यटन प्रवर्धनात्मक कार्यक्रम, रक्तदान, सडक सुरक्षाका निम्ति अपनाउनुपर्ने निर्माण विधिको प्रदर्शन र सडक सुरक्षा शिक्षा प्रदान गर्नेलगायतका कार्यक्रमहरु आयोजना हुन गइरहेका छन् ।

दिवसका अवसरमा प्रत्येक बर्षझै बिहान पशुपतिनाथ र स्वयम्भूमा पूजा आराधना गरिएको छ । ‘आज हाम्रो गौरवको दिन, हामी स्थापाना भएको दिन हो’ अध्यक्ष भट्टले भने–‘ पवित्र उदेश्यले स्थापना भएको यस सस्थाले नेपालको विकासमा धेरै काम गर्दै जानेछ ।’

यसैबीच गैरआवासीय नेपाली विज्ञहरू, नेपालमा रहने विज्ञहरु र नेपालसँग जोडिएका विदेशी विज्ञलाई एकै थलोमा ल्याउन हरेक २ वर्षमा काठमाडौंमा एक विशेषज्ञ सम्मेलन गर्ने तय भएअनुसार शुक्रबारदेखि आइतबारसम्म विज्ञ सम्मेलन आयोजना हुने भएको छ ।

कृषि उत्पादन र ऊर्जामा स्व–निर्भरता, सुरक्षित खाद्य पदार्थ, वातारवणीय प्रदुषण न्यूनिकरण, व्यवस्थित शहरको विकास, पुर्वाधार विकास, जलविद्युत, व्यवसाहिक शिक्षा, स्वास्य शिक्षा, संघियतामा शिक्षाको मोडल लगायतका धेरै बिषयमा यस सम्मेलनमा छलफल हुनेछ।


सम्मेलनमा १ सय ६० भन्दा बढी कार्यपत्र प्रस्तुत हुनेछन् । नेपाल भित्र र बाहिर कार्यरत विज्ञहरु, नेपालको बारेमा चासो राख्ने विदेशी विज्ञहरु, नेपाल सरकारका नीति निर्माता, स्वतन्त्र वुद्धिजीवि, नेपालको निजी क्षेत्र, नेपालस्थित कुटनीतिज्ञ लगायत विविध क्षेत्रका विज्ञको सम्मेलनमा सहभागिता रहनेछ।

सम्मेलनमा ४ सय बढी प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरिएको छ । विज्ञ सम्मेलनको उद्घाटन शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दैछन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *