आजबाट सुरु भयो दशैँ, हनुमानढोकाको दशै घरमा राखियो जमरा

news-details

नेपालीहरुको महान पर्व वडादसैं आजदेखि सुरु भएको छ । यो पर्व प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दशैंको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।

बिहान शुभमुहूर्तमा दसैँघर तथा शक्तिपीठमा विशेष घडा थापिन्छ । यो घडामा विभिन्न देवीदेवताको आवाहन गरी पूजा गरिन्छ । यही घडामा भगवती दुर्गाको विशेष पूजा गरिन्छ र जौ छरिन्छ । विभिन्न जाति सम्प्रदायमा धान, गहुँ र मकैलगायत अन्न पनि छर्ने चलन छ । घटस्थापनाको शुभ साइत बिहान ७ बजेर १५ मिनेटमा परम्परा अनुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दशैँ घरमा वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना सुरु भएको छ ।

दुर्गा देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आवाहन गरी पूजा हुन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक एवं महासरस्वतीलाई विद्या तथा बुद्धिको प्रतीकको रुपमा पूजाआजा एवं आराधना गर्ने परम्परा छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *