सन २०२० को लागि अमेरिकन डिभीको आवेदन असोज १७ देखि खुल्दै

news-details

काठमाडौं / अमेरिकन डाइभर्सिटी भिसा (डिभी) असोज १७ देखि खुल्ने भएको छ । डिभी भर्ने अवधि कात्तिक २० सम्मको हुनेछ ।

नेपालस्थित अमेरिकी दूताबासका अनुसार डीभी चिट्ठामा सहभागी हुन शुल्क लाग्दैन । सन् २०२० को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा www.dvlottery.state.gov मा गई आवेदन फारम भर्नु पर्नेछ ।

डिभीको नतिजा ७ मे २०१९ बाट आउन सुरु हुनेछ । अमेरिकी सरकारको आधिकारिक वेबसाइटमा गई रिजल्ट हेर्न सकिनेछ । अनलाइनमार्फत भरिने डिभीको लागि पारिवारिक विवरण सबै खुलाउन भनिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *