भोली असोज ९ देखि दशैको अग्रिम टिकट बुकिङ खुल्ला हुने

news-details

दशैका लागि भोली मंगलबारदेखि सार्वजनिक यातायातको टिकट बुकिङ खुल्ला हुने भएको छ । नेपाल यातायात व्यवसायी महासंघको आज सोमबार बसेको बैठकले भोली असोज ९ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो ।

यसअघि सरकार र यातायात व्यवसायीबीच असोज ५ बाट अग्रिम टिकट बुकिङ खुल्ला गर्ने सहमति भएपनि पेट्रोलियम पर्दाथमा मुल्यबृद्धि भएपछि व्यवसायीहरुले अग्रिम बुकिङ नखोल्ने घोषणा गरेका थिए ।

पेट्रोलियम पर्दाथको मुल्यवृद्धि फिर्ता लिनुपर्ने या भाडा बृद्धि गरिनुपर्ने व्यवसायीहरुको मागमा लचिलो बन्दै सरकारले सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बृद्धि गर्ने निर्णय गरेपछि यातायात व्यवसायीहरु दशैको अग्रिम बुकिङ खुलाउन सहमत भएका हुन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *