संखुवासभाका ब्लड क्यान्सर बिरामी १५ बर्षे राईलाई सहयोग

news-details

परिवारको आर्थिक अवस्था नाजुक भएका संखुवासभा चिचिला गाउँपालिका २ का १५ बर्षे युवा धड्कन राईलाई ब्लड क्यानसर भएर अस्पताल भर्ना भएपछि उनको उपचारका लागि संखुवासभा समाज अमेरिकाले आर्थिक सहयोग गरेको छ ।

संखुवासभा काठमाडौं जर्नालिष्ट एशोसिएशनको (एसकाज) समन्वयमा काठमाडौंमा शनिवार एक कार्यक्रम गरी विरामीका दाजु हिमाल शंसेर राईलाई समाजले पठाएको एक लाख ७६ हजार ६ सय ५० रुपैया हस्तान्तरण गरिएको छ । मनराम फाउण्डेशनका अध्यक्ष सुजन कुमार श्रेष्ठ र एसकाजले संयुक्तरुपमा विरामीको उपचारार्थ हस्तान्तरण गरिएको हो ।

संखुवासभा समाज अमेरिकाले ‘गो फण्डमी’ मार्फत उक्त रकम संकलन गरेको जानकारी दिदै मनराम फाउण्डेशनका अध्यक्ष सुजन श्रेष्ठले विरामीको उपचारका लागि उक्त रकम खर्च गर्न आग्रह गर्नुभयो ।

विरामीका दाजु हिमालले सहयोगी मनहरुलाई धन्यवाद दिदै विरामी भाईको उपचार राम्रोसँग हुनेमा आशा पलाएको बताए । संखुवासभामा जन्मिएर काठमाडौंमा पत्रकारिता गर्ने पत्रकारहरुको साझा संस्था एसकाजले समन्वयकारी भूमिका निभाउँदै आएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *