सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो, अग्रिम टिकट बुकिङ खुल्ने

news-details

काठमाडौं । नेपालीहरुको महान चाड दशै सुरु हुनै लाग्दा सरकार र यातायात व्यवसायीहरुबीच सार्वजनिक यातायातको भाडा वृद्धि गर्ने सहमति भएको छ । यो सहमतिसँगै अब सार्वजनिक सवारीको भाडा १० प्रतिशतले वृद्धि हुने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीका अनुसार नेपाल यातयात व्यवसायी राष्ट्रिय महासंघ, उपभोक्ता प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिसहितको बैठकले १० प्रतिशत भाडा वृद्धि गर्ने निर्णय गरेको हो ।

नयाँ भाडादर असोज ७ गते आइतबार बाट लागू गर्न मन्त्रालयले यातायात व्यवस्था विभागलाई निर्देशन दिएको छ । नयाँ भाडादर कामय गर्ने भएपछि यातायात व्यवसायीले दशैँका लागि अग्रिम टिकट बुकिङ पनि खुल्ला गर्ने भएका छन् ।

यसअघि पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण यातायात व्यवसायीहरुले भाडा वृद्धीको माग राखी आन्दोलन गरेका थिए । सोही कारण असोज ५ बाटै हुने भनिएको अग्रिम टिकट बुकिङ पनि रद्द भएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *