सवारी चालकहरुको आन्दोलन फिर्ता, सरकारसँग ८ बूँदे सहमति

news-details

सार्वजनिक सवारी साधानका चालकहरुले आन्दोलनमा उत्रिएपछि ठप्प बनाएको सवारी साधन चल्ने भएका छन् । सरकारसँग नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले शुक्रबार वार्ता गरेर ८ बूँदे सहमति गरेपछि आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता लिएको हो ।

संघर्ष समितिले गत मंगलबारदेखि आन्दोलन सुरु गरेपछि सार्वजनिक यातायात प्रभावित भएको थियो । सरकारले जारी गरेको सवारी ऐन यातायात मजदुरमैत्री नभएको भन्दै सवारी चालकहरु संघर्षमा उत्रिएका थिए ।

ऐन संशोधनको माग राख्दै आन्दोलत्रमा उत्रिएको समितिले गृहसचिव प्रेम राईलगायत सम्बन्धित सरकारका पदाधिकारीसँग वार्ता गरी सवारी चालकका प्रतिनिधिसहित भौतिक योजना तथा यातायात मन्त्रालयलाई ऐन संशोधन गर्न पठाइने सहमति भएको छ । सहमतिमा पक्राउ परेका सबैलाई रिहाइ गरिने, ट्राफिक प्रहरीको व्यवहार सुधार गर्ने, ट्राफिक संकेत र सडक दुरुस्त राख्ने लगायतका रहेको संघर्ष समितिका सदस्य धनश्याम पोखरेलले जानकारी दिए ।

उनका अनुसार आजैबाट सबै सवारी साधानहरु चल्न थाल्नेछन् ।

हेर्नुहोस् सहमति

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *