अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीन घिमिरे अनुमोदन भएका छन् । घिमिरेलाई संसदीय सुनुवाई विशेष समितिको विहिवार बसेको बैठकले अनुमोदन गरेको हो ।
संवैधानिक परिषदले घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिस गरेको थियो । सुनुवाई समितिमा घिमिरेले सांसदहरुका प्रश्नको जवाफ दिएपछि उनी सर्वसम्मत अनुमोदन भएका हुन् । घिमिरेको आजै राष्ट्रपतिबाट शफत हुने कार्यक्रम रहेको बताइएको छ।
संसदीय सुनुवाई समितिबाट उनको नाम अनुमोदन भएसँगै अब उनी राष्ट्रपतिबाट अख्तियारको प्रमुख आयुक्तमा नियुक्त हुनेछन् ।
अख्तियार प्रमुख दीप बस्नेतको बहिर्गमनपछि उनी कामुको हैसियतमा थिए ।








