सुन तस्करी काण्ड : एसपी खनाललाई पनि छाड्न आदेश

news-details

मोरङ । जिल्ला अदालत, मोरङले एसपी विकासराज खनाललाई छाड्न आदेश दिएको छ । ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका खनाललाई मंगलबार साधारण तारेखमा छोड्न अदालतले आदेश दिएको हो ।

साढे ३३ किलो सुन तस्करी प्रकरण र सनम शाक्य हत्याबारे अनुसन्धान गर्न गठित उच्च स्तरीय समितिले साढे ४ वर्षमा मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’को नेतृत्वमा झण्डै ३८ क्वीन्टल सुन तस्करी भएको निष्कर्ष निकालेको थियो ।

अनुसन्धानका क्रममा सुन तस्करीको विवरणसहितको रजिष्टरसमेत बरामद गरेको थियो । सोही विवरण अनुसार ४२१ पटक विभिन्न परिणाममा सुन तस्करी भएको खुलासा भएको थियो ।

सोही रजिष्टरको एउटा पन्नामा एसपी खनालले दुई पटक गरेर ५० लाख रुपैयाँ लिएको भेटिएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *