काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा मदन खरेललाई नियुक्त गरेको छ । आइतबार राति बसेको मन्त्रिपरिषद बैठकले झापाका खरेललाई कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नेपाल वायुसेवा निगम ऐन दफा ४ को ५ मा भएको व्यवस्थाअनुसार खरेललाई कार्यकारी अध्यक्ष नियुक्त गर्ने निर्णय गरिएको बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
उनलाई सरकारले गत शुक्रबार निगमको सञ्चालक समिति सदस्य नियुक्त गरेको थियो । त्यसको दुई दिनपछि नै सरकारले उनलाई कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।








