धुलिखेलका मेयर अशोक ब्यान्जु विश्व नगरपालिका महासंघको उपाध्यक्ष निर्वाचित

news-details

काठमाडौं । नेपाल नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका मेयर अशोक ब्याञ्जु विश्वभरका बिभिन्न देशहरुका नगरपालिकाहरुको छाता संगठनको उपाध्यक्षमा निर्वाचित भएका छन् ।

इण्डोनेशियामा भएको विश्वभरका नगरपालिकाहरुको छाता संगठन युसिएलजी एसपिएसी प्यासिफिकको सातौ अधिबेशनबाट ब्यान्जु निर्विरोध निर्वाचित भएका हुन् ।

ब्यान्जु दुई साताअघिमात्र देशभरका २ सय ९३ नगरपालिकाहरुको छाता संगठन नेपाल नगरपालिका संघको अध्यक्षमा पनि निर्विरोध निर्वाचित भएका थिए ।

गत साता इण्डोसियाको अन्तर्राष्ट्रिय सम्मेलनमा विश्वका ८० वटा नगरपालिकाहरु मध्ये नेपालबाट धुलिखेल नगरपालिका छनौट भएको थियो ।

नेपालका तर्फबाट ब्याञ्जुले उक्त सम्मेलनमा सहभागिता जनाएका थिए । विश्वका ६ देशको समर्थनपछि ब्याञ्जु उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका थिए । गत शनिबार राति ब्याञ्जु इण्डोनेशियामा हुने युनाइटेड सिटीज एण्ड लोकल गर्भमेन्ट एसिया प्यासिफिकले आयोजना सम्मेलन सम्पन्न भएको हो ।

नगरपालिकाहरुको अन्तराष्ट्रिय संगठनको अध्यक्षमा इण्डोनेशियाको सुरबया नगरपालिका मेयर डा त्रिसमहरायनी निवाचित भएको संघले जनाएको छ । त्यस्तै कार्य समितिमा भारतका रञ्जित चौहान, न्युजिल्याण्डका अध्यक्ष डेभा कल, चाईनाको कारब्लोङ्ग शहरका उपाध्यक्ष सङ्ग जिङ्गवयु निर्वाचित भएका छन् ।

विश्वभरका नगरपालिकाहरुको विकास र सम्वृद्धका लागि उक्त संस्थाले योजना बनाउने र लगानी गर्नेछ । इण्डोनेशियाको सम्मेलन लगत्तै नगरपालिका संघका अध्यक्ष ब्याञ्जु दक्षिण कोरियाको सोलमा आयोजना हुने सातौ युयनडब्लुटिओ ग्लोबल समिट अन अर्वान टुरिजममा भाग लिन जाँदैछन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *