निर्मला हत्या प्रकरण : डीआर्इजी धिरु बस्नेतको नेतृत्वमा अर्को छानबिन समिति गठन

news-details

 

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामोसमय वितिसक्दा पनि हत्याराको कुनै पहिचान हुन नसकेपछि घटनाको छानबिन गर्न डीआर्इजी धिरु बस्नेतको नेतृत्वमा नयाँ छानविन समिति गठन गरिएको छ ।

घटनाको अनुसन्धानका क्रममा ६ जना प्रहरी नै निलम्बनमा परेपछि अनुसन्धान प्रभावकारी बनाउन भर्खरै मात्र एआइजीमा बढुवा भएका डीआर्इजी बस्नेतको नेतृत्वमा समिति गठन गरिएको हो ।

यसअघि एसएसपी उत्तम सुवेदीको संयोजकत्वमा गठित छानविन समितिले घटनाको अनुसन्धान गरिरहेको थियो । अहिलेको समितिमा पनि सुवेदी सदस्य रहेका छन् ।

यो समितिले सुरूमा अनुसन्धानमा खटिएका प्रहरीको अनुसन्धान गरी यथाशीघ्र प्रतिवेदन बुझाउने प्रहरी हेडक्वाटरका प्रवक्ता एसएसपी शैलेश थापाले जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *