आज कुशे औंशी तथा बाबुको मुख हेर्ने दिन, के छ यसको धार्मिक महत्व

news-details

काठमाडौं। प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ ।

यस वर्षको भाद्र कृष्ण औँसी सोमबार परेकाले बिहान उठेर नबोलीकन स्नान गरेमा एक हजार गाई दान गरे बराबरको फल पाइने धर्म ग्रन्थ हेमाद्रिमा वर्णन गरिएको छ । कुशे औँसी सोमबार परेकाले आज उखेलिएको वा काटिएका कुश १२ वर्षसम्म प्रयोग गर्न मिल्ने कथन लोक व्यवहारमा रहँदै आएको छ ।

यसैगरी आज दिवंगत पितालाई तर्पण, सिदा दान र श्राद्ध गरेर एवम् जीवित पिताप्रति आदर सम्मानका साथ मीठो खान तथा राम्रो लगाउन दिई बाबुको मुख हेर्ने पर्व मनाइन्छ ।

मृत पिताका नाममा उपत्यकाको उत्तर–पूर्वी भेगस्थित गोकर्णेश्वरमा गई तर्पण, सिदा दान र श्राद्ध गरेमा पितृ ऋणबाट मुक्त भइने शास्त्रीय मान्यता रहेको छ । गोकर्णेश्वर उत्तरगया, बेत्रावती उत्तरगया लगायत पवित्र स्थलमा गई पितृप्रति सम्मानका साथ श्राद्ध गर्दा घर, मामाघर र ससुरालीतर्फका तीनरतीन पुस्ताका पितृले मोक्ष पाउने धार्मिक विश्वास छ ।

हिन्दूहरुले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । कुशलाई भगवान् विष्णुको प्रतीकका रुपमा मानिन्छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *