बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरूको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन आजबाट सुरु हुदैछ । सम्मेलनको उदघाटन अपरान्ह २ बजे अध्यक्ष राष्ट्रको प्रमुखको हैसियदमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन ।

सम्मेलनको उदघाटन पश्चात नेपालका प्रम ओलीसहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, त्यसपछि वर्णानुक्रमअनुसार बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक, म्यानमारका राष्ट्रपति यु विन मिन्ट, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्यान्डका राष्ट्रपति जनरल प्रयुत चान ओ चाले सम्बोधन गर्नेछन् ।

सम्बोधनका विषयमा बिम्स्टेम मन्त्रीस्तरिय बैठकले बुधबार एजेन्डा तयार पारिसकेको छ । काठमाडौं घोषणापत्र तयार भइसकेको छ । त्यसलाई अनुमोदन गर्दै भोली दिउँसो कार्यक्रम सम्पन्न हुनेछ ।

बिहीबार साँझ ७ः२५ देखि ९ः२० सम्म प्रधानमन्त्री ओलीलेसदस्य–मुलुकका कार्यकारी प्रमुखलाई रात्री भोज दिनेछन् । भोली बिहान प्रधानमन्त्री ओलीले सहभागी सरकारप्रमुख एवं राष्ट्रप्रमुखको सम्मानमा होटेल सोल्टीको पुलसाइडमा रिट्रिट दिनेछन् ।